काठमाडौँ / एनएमबि बैंक लिमिटेडले नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैशाख ३ गते शनिवार एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु गरेको हेरिटेज वाक बसन्तपुर डवलीसम्म पुगेर समापन गरेको छ ।
यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको बैंकले जनाएको छ । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरू, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी लगभग ५०० जनाको सहभागिता रहेको थियो ।








