महालक्ष्मी विकास बैंकद्वारा डस्टविन हस्तान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्वारा डस्टविन हस्तान्तरण

महालक्ष्मी विकास बैंकको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । 

बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो । शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बास्तोलाले जानकारी दिए ।

बैंकले हाल १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

Read More
  • MBL - below news