कनेक्ट आईपीएसमा बैंक खाता लिंक गर्दा १०० रुपैयाँ पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कनेक्ट आईपीएसमा बैंक खाता लिंक गर्दा १०० रुपैयाँ पाइने

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसर पारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएसमा नयाँ अफर ल्याएको छ । वैशाख महिनाभर लागू हुने गरी कम्पनीले न्यू इयर, न्यू युजर अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी कम्तिमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु.१०० पाउन सक्नेछन् ।

त्यसैगरी ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत रजिष्टर गरी आफ्नो खाता लिंक गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराउन सक्दछन् ।

पहिलेनै युजर बनाएर पहिलो खाता लिङ्क र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत रु.१०० भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन् । ...

Read More
  • MBL - below news