प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्मपन्न भएको छ । इन्स्योरेन्सको साधारण सभा चैत्र ३० गते (बुधबार) सम्पन्न भएको हो ।
तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरि जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।








