कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमाराखिएको रकम७वर्षमादुई गुणा हुने तथाप्राप्तब्याजजम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दती निक्षेपमा, न्युनतममौज्दात रु १०,००० रहेको छ ।
सो मुद्दती निक्षेपमासजिलै ९०% सम्मकर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवाप्रदान गर्ने उद्देश्यले बैंकलेविभिन्ननयाँ सेवाहरु संचालनमा ल्याएको छ ।





