काठमाडौं : सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टि विहिनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्र ज्योति संघकाबीचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ।
उक्त समझदारीपत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रोडा चेतराज पन्तले हस्ताक्षर गरेका छन्।
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने बैंकले जनाएको छ।








