महालक्ष्मी बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की तथा ह्रवाईट बोर्ड सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की तथा ह्रवाईट बोर्ड सहयोग

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई पानी ट्याङ्की तथा ह्रवाईट बोर्ड सहयोग गरेको छ ।

 “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा. वि चमडालाई ह्रवाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो । 

विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह्रवाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।

Read More
  • MBL - below news