उपकार लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उपकार लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो

काठमाडौं : उपकार लघुवित्तको आइपीओमा ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (चैत २५ गते) साँझ ५ः११ बजेसम्ममा ५ लाख ७ हजार १९८ जनाले ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २६.७२ गुणा बढी आवेदन हो । 
 

कम्पनीले आज (चैत २५ गते) बाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यो मध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । 
 

Read More
  • MBL - below news