चैत २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्यून विन्दुमा झरेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९६९ कायम भएको छ । यो शेयरमूल्य बुधवारको तुलनामा भने ४ रुपैयाँले बढेको हो । बिहीवार कम्पनीको सर्वाधिक रू. ७ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस दिन कम्पनीको प्रतिकित्ता उच्च मूल्य रू. ९७६ पुगेको थियो भने न्यून मूल्य रू. ९६४ सम्म पुगेको थियो ।
एक वर्षको कारोबार अवधिमा कम्पनीको उच्च मूल्य प्रतिकित्ता रू. १ हजार ६५३ सम्म पुगेको थियो । १ हजार ६०० रुपैयाँको वरिपरि शेयर खरीद गरेका लगानीकर्ताले भने बोनस शेयर आउँदा पनि आफ्नो लगानी नउठेको बताएका छन् ।




