एनएमबी बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीहरूलाई सहज बनाउने भन्ने उद्देश्यले नरहा-३, सिरहास्थित हिमालय सुगर मिल्स परिसरमा आफ्नो ११ औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ।
हिमालय सुगर मिल्सको तर्फबाट महा-प्रबन्धक अवध किशोर यादव र एसएन कुशवाहा, एनएमबी बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेस कुमार झा, कमलेश प्रसाद यादव, अपरेशन म्यानेजर राज कुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी सञ्जीब झा लगायत सर्वसाधारणहरूको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ गत सोमबार हिमालय सुगर मिल्स परिसरमा विस्तारित काउन्टरको उद्घाटन भएको हो।








