क्युआर स्क्यान गरेरै बैंकबाट नगद निकाल्न सकिने, बैंकहरुको काउन्टरमा 'स्क्यान एण्ड वित्थड्र' क्युआर कोर्ड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्युआर स्क्यान गरेरै बैंकबाट नगद निकाल्न सकिने, बैंकहरुको काउन्टरमा 'स्क्यान एण्ड वित्थड्र' क्युआर कोर्ड

हामीले फोनपेको क्युआर कोर्ड स्क्यान गरेर त आफ्नो बैंक खातामा रहेको रकम अन्यमा सार्ने वा कुनै सामान खरिदको भुक्तानी गर्ने गरेका छौ। तर नगद चाँहिदा समेत अब क्युआर कोर्ड स्क्यान गरेरै निकाल्न सकिने भएको छ।

वाणिज्य बैंकहरुको शाखा कार्यालको काउन्टर अगाडि अहिले एउटा क्युआर कोर्ड राखेको देखिन्छ। यो कोर्ड कुनै भुक्तानी गर्न नभएर आफ्नो खातामा रहेको रकम झिक्न राखिएको हो।

बैंकहरुले राखेको उक्त क्युआर कोर्ड स्क्यान गरेर ग्राहकले आफ्नो खातामा रहेको रकम झिक्न सक्ने छन्। कुनै चेक अथवा कार्ड विना पनि एकैदिन बैंकबाट २ लाख रुपैयाँसम्म रकम झिक्न सकिने छ। तर क्युआर कोर्ड स्क्यान गरेरै ठूलो रकम निकाल्न भने पाइदैन यसमा बैंकहरुले आ आफ्नो सिमा तोकेका छन्।

कुनै बैंकले एक दिनमा २ लाख रुपैयाँसम्म रकम झिक्न सकिने गरी सिमा तोकेको छ भने कुनै बैंकले दैनिक १ लाख रुपैयाँसम्म झिक्न मिल्ने गरी सिमा निर्धारण गरेका छन्। नबिल बैंकले एक दिनमा यस्तो कोर्ड स्क्यान गरेर १ लाख रुपैयाँसम्म मात्रै रकम झिक्न सक्ने व्यवस्था गरेको छ। महिनाभरमा भने १० लाख रुपैयाँसम्म रकम झिक्न पाइन्छ। यस्तै ग्लोबल आइएमई बैंक, सिद्धर्थ बैंकलगायतले दैनिक २ लाख रुपैयाँसम्म रकम निकाल्न मिल्ने गरी सिमा तोकेको जनाएका छन्।

धेरै रकम झिक्न नपाएपनि ग्राहकलाई थोरै रकम चाँहिएको बेलामा भने यसले सहजता प्रदान गरेको छ। अझै एटिएम कार्ड नलिएका ग्राहकहरुलाई यसले अझै सहजता प्रदान गरेको छ। यसले चेक बिना मोबाइलको प्रयोग मार्फत टेलरमा राखिएको कोड स्क्यान गरेर आफ्नो खाताबाट नगद झिक्न सकिने भएपछि अहिले यसको प्रयोग पनि बढेको छ।

Read More
  • MBL - below news