काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ ।
आज चैत्र २० गते आइतबार केन्द्रिय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।
बैँकले ‘सबल बैँक, सफल सहकार्य’लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएरहेको बैँकले ‘कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ’ भन्ने मूल विषयलाई आत्मसात् गर्दै क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो ।






