देउवा–मोदीले उद्घाटन गरेको ‘रुपे’ के हो ? नेपालमा कसरी हुन्छ प्रयोग ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
देउवा–मोदीले उद्घाटन गरेको ‘रुपे’ के हो ? नेपालमा कसरी हुन्छ प्रयोग ?

 

भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा डिजिटल पेमेन्ट सिस्टम ‘रुपे’ उद्घाटन गरे । दिल्लीस्थित हैदरावाद हाउसमा पत्रकार सम्मेलनमार्फत औपचारिक उद्घाटन गरिएको सो डिजिटल पेमेन्ट सिस्टम नेपालमा समेत चल्ने बताइएको छ ।

डिजिटल युगमा आन्तरिकमात्र नभएर अन्तरदेशीय भुक्तानीलाई समेत सरल र सहज बनाउने उद्देश्यसहित दुई देशमा जहाँ पनि चल्ने गरी रुपे शुरुवात गरिएको दुवै देशका अधिकारीहरूले दाबी गरेका छन् । तर, भारतीय श्रम बजारमा समेत उल्लेख्य संख्यामा रहेका नेपालका आम नागरिकलाई भने ‘रुपे’बारे खासै जानकारी छैन । यो सामग्रीमा हामी ‘रुपे’ नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं ।

Read More
  • MBL - below news