काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले चितवनमा नयाँ शाखा शुभारम्भ गरेको छ ।
बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औ शाखा कार्यालय स्थापना गरी आज चैत्र २० गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।
यो सँगै चितवन जिल्लामा उक्त बैंकको शाखा संख्या १० पुगेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।








