सिभिल बैंकको नगदरहित अभियान बेगनासमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको नगदरहित अभियान बेगनासमा

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई  क्युआर कोड वितरण गरेको छ । 

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस – डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोला बहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय राम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्राण्ड एम्बेसडर सन्दिप क्षेत्री लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

Read More
  • MBL - below news