सफा हिमाल अभियानमा नेपाल लाइफको साथ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफाहिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिने भएको हो  ।

नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ÷संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफाहिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए । उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफाहिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानिय भएको बताए । 

Read More
  • MBL - below news