नएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा सम्पन्न भएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् ।
सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुँरास गाउँपालिका र नौमुले गाउँपालिकामा ६ सय ५० जना सहभागीहरुविच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमवी बैंकका कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले बताउनुभयाे ।
आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले ब्यवस्थापन, सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार गर्न तथा भविष्यमा वित्तीय ब्यवस्थापनमा सघाउ पुराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ ।








