महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टविन सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टविन सहयोग

रुपन्देही । महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गदै शाखाले नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको हो ।

नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी दिए । नगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् । सोहि कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।

Read More
  • MBL - below news