महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असार भित्रै आईपिओ निष्काशन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असार भित्रै आईपिओ निष्काशन गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आगामी असार भित्रै आईपिओ निष्काशन गर्ने भएको छ । २०७९ सालको क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रममा  कम्पनीले आउने आषाढ भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई विक्रि गर्ने गरी तैयारी गरिरहेको जानकारी गराएको हो ।

कम्पनीका अध्यक्ष  मनोरञ्जन रमण शर्माले प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन्। प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news