काठमाडौँ / एभरेष्ट बैंकले जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा उद्घाटन गरेको छ ।
बैंकले चैत्र १३ गते समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि उक्त स्थानमा आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको हो ।
जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् ।
त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र काठमाडौँ महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टले संयुक्त रुपमा गरेका छन् ।








