काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक इन्टर कलेज फाइनान्ससियल क्विज कम्पिटिहन २०२२ कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।






