काठमाडौँ / नबिल बैंक लिमिटेडले बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरणमैत्री लुङ्गटा जडान गरी वातावरणसम्बन्धी सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरूको सविस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो ।
हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेकी वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा




