काठमाडौं : प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक इन्टर कलेज फाइनान्सीयल क्विज कम्पिटिजसन २०२२ कार्यक्रम आयोजना गर्ने भएको छ । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ ।
क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार विहान १० बजेबाट सिंहदरबार प्लाजा स्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यसक्रममा १५ वटा कलेजलाई ५–५ वटाका दरले तीन टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ । पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २–२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसैगरी, दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।






