काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रा. लि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टस् प्रा. लि मा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट बिभिन्न जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।






