काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज हुदैंछ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले दिउसो ३ बजे अलोफ्ट काठमाण्डु ठमेल, छाँयादेवी कम्प्लेक्समा सभा आव्हान गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । साथै, गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।








