राजस्व अनुसन्धान विभागले करिब दुई महिनाअघि चार जनाविरुद्ध क्रिप्टोकरेन्सीसम्बन्धी पहिलो मुद्दा काठमाण्डू जिल्ला अदालतमा दायर गर्यो जसमा साढे ३७ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।
विभागले फागुन ३० गते दुई जनाविरुद्ध पौने दश करोड रुपैयाँ बिगो र तीन वर्षसम्मको सजाय मागदाबी गर्दै दोस्रो मुद्दा दायर गर्यो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभिनेत्री प्रियङ्का कार्की मुछिएको क्रिप्टोकरेन्सीसम्बन्धी प्रकरणबारे आइतवार सोधपुछ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।
क्रिप्टोकरेन्सीसम्बन्धी एउटा प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेत्री कार्कीले कानूनी उपचारबारे परामर्श थालेको बताएकी छिन्।
फेसबुकको एउटा 'स्पोन्सर्ड' पोस्टमा कार्कीको फोटोसहित 'इन्भिजिबलफ्रेन्ड्स डट को' नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो।
नेपाल राष्ट्र ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी कुनै प्रकारको कारोबार नगर्न गत माघमा सूचना जारी गरेयता त्यस्ता गतिविधिमाथि थप निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।
पछिल्ला घटनाले के सङ्केत गर्छन्? ...








