नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच

BURTIBANG BRANCH
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (NBI) र एभरेष्ट बैंक (EBL)ले चैत ७ गते सहकार्य गर्ने सम्झौता गरेका छन् । जसमा  एनबीआईले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर (OMRS) उपलब्ध गराउने छ । 

यो सफ्टवेयरले तथ्याङ्कहरुकाे आन्तरिक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्दत गर्नुका साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरूकाे नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ। सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका थिए। उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत  खालिङ्गले एनबीआईले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास र शुभकामना व्यक्त गरे ।

Read More
  • MBL - below news