कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङमार्फत कृषिलाई प्रवर्द्धन गर्ने बैंकको योजना


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङमार्फत कृषिलाई प्रवर्द्धन गर्ने बैंकको योजना

काठमाडौँ / नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनिधि उपेन्द्र पौडेलले मूल्य श्रृङ्खला बनाउन सके कृषिमा लगानी बढ्ने बताएका छन् । चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेलाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । 

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिन भोलि रहन्छ कि रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भए यति परिवर्तन नहुने दाबी गरे । 

Read More