काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा २ लाख ६६ हजार २५० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । उपकारले जारी पुँजीको ३६% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । संस्थापक हिस्सा भने ६४% रहेको छ ।




