सांग्रिला डेभलपमेन्ट बैंक र मेराकि हेल्थ सोलुशन बीच स्वास्थ्य सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंक र मेराकि हेल्थ सोलुशन बीच स्वास्थ्य सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशन बीच बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र मेराकि हेल्थ सोलुशनको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार मेराकि हेल्थसोलुशनले बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । 

बैंकको अनुरोधमा मेराकि हेल्थ सलुशनले आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने सम्बन्धमा बैंकका कर्मचारीहरुलाई आधारभुत तालिम प्रदान गर्ने विषय समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।  यस सम्झौताले बैंकमा कार्यारत कर्मचारीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 
 

Read More
  • MBL - below news