काठमाडौँ / एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरू गरेको छ ।
बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण गर्यो ।
एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापनको रूपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरूविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रूपमा अघि बढिरहेकी छन् ।




