एनएमबी बैंकले प्रदेश नं. २का उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म एक सय ५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो। सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो। साथै, सुगर मिल्ससँग सहकार्य गरी किसानहरूको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको छ।








