नबिल बैंक र टेवानबीच साझेदारी, क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गरिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक र टेवानबीच साझेदारी, क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गरिने

काठमाडौँ / नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न बैंकले टेवानसँग साझेदारी गरेको हो । 

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरूको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्वपूर्ण हुने बताउदैँ यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुङ्गा साबित हुने बताए । 

Read More