‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं : खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रति दिन १ लाख रुपैयाँसम्म रहेको छ । 


यो अफर चैत्र ७ गते देखि २०७९ बैशाख ६ गते सम्म लागु हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । उनले भने, ‘खल्ती सधैं प्रयोगकर्ताहरुको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ ।’

Read More
  • MBL - below news