नेप्सेमा रमिता छ,नेप्सेको अनलाइन बाहिरबाट चलाइन्छ, नेप्से भित्रका १० जना आइटी कर्मचारी काम विहीन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा रमिता छ,नेप्सेको अनलाइन बाहिरबाट चलाइन्छ, नेप्से भित्रका १० जना आइटी कर्मचारी काम विहीन

नेपाल स्टक एक्सचेन्जको आइटी विभागमा १० जना स्थायी कर्मचारी छन्। प्राविधिक शाखामा १० जनाले काम नपुगेकाे भन्दै नेप्सेले थप एक जना नयाँ प्राविधिक स्तरका कर्मचारी समेत माग गरेको छ। आन्तरिक प्रतिष्पर्धाबाटै परिपूर्ति गर्ने भन्दै नेप्सेले हालै सूचना जारी गरेको छ।

नेप्सेले गत वर्ष पनि दुई प्राविधिक थप गरेको थियो। कर्मचारी थपे पनि मासिक तलब खुवाउने बाहेक ती कर्मचारीबाट नेप्सेले कुनै काम लिन सकेकाे छैन्। किनकि नेप्सेको प्रविधिक शाखाका कर्मचारीले अहिलेको अनलाइन सिस्टमको अपरेसन हेर्दैनन्। नेपाल स्टक अनलाइन सिस्टम (नट्स) वाइकोले निर्माण गरेको हो। नट्स सम्वन्धि सवै काम अहिले पनि वाइकोले नै हेर्दै आएको छ। जसलाई हेरिदिए बापत बार्षिक करोडौ रुपैयाँ सप्टवेयर निर्माता कम्पनी वाइकोलाई नेप्सेले बुझाउँदै आएको छ।

अपौचारिक रुपमा सफ्टवेयर निर्माता कम्पनी वाइकोले आफ्नो सम्पूर्ण जिम्मेवारी नेपाल स्टक एक्सचेन्जलाई सुम्पिसकेको छ। उसले गत बर्ष नै नेप्सेलाई हार्डवेयर र सफ्टवेयर सुम्पिएको हो। उसको अहिलेको अपौचारिक जिम्मेवारी भनेको बार्षिक मर्मतको मात्रै हो। त्यस बापत उसले नेप्सेलाई बार्षिक एनुअल मेन्टिनेन्स चार्ज (एएमसि) चार्ज गर्छ। यस शीर्षकमा नेप्सेले करौडौ रुपैयाँ भुक्तान गर्दै आएको छ।

Read More
  • MBL - below news