काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज सोमबार चैत ७ गते अन्तिम दिन हो । यसले फागुन २३ गतेबाट संस्थापक समूहको ५ हजार कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँ भाउ राखेर सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर यही भाउ वा यसभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।








