नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्स NLG Insurance Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९९.०९ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७९ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ६ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन् ।







