नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।




