मासिक औसत ४ लाख २० हजार अमेरिकी डलर लोड हुने गरेकामा २ लाख ८ हजार खर्च
काठमाडौँ — पछिल्लो ११ महिनामा डलर कार्डबाट मात्र करिब २३ लाख अमेरिकी डलर बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापत्को अनलाइन भुक्तानीका लागि गत चैतदेखि माघसम्ममा डलर कार्डबाट मात्र २२ लाख ८७ हजार अमेरिकी डलर मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिअमेरिकी डलर १ सय २० रुपैयाँ विनिमय दरका हिसाबले गणना गर्दा उक्त अवधिमा कार्डमार्फत २७ करोड ४४ लाख ४० हजार रुपैयाँ बाहिरिएको बताइएको छ ।







