क्रिष्टोकरेन्सी जस्तै नेटवर्किङ कारोबार, ‘विन–विनर’ले ठग्दैछ हजारौं नेपाली


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रिष्टोकरेन्सी जस्तै नेटवर्किङ कारोबार, ‘विन–विनर’ले ठग्दैछ हजारौं नेपाली

काठमाडौं । वुटवलका नकुल मगर अहिले साउदी अरेबियामा छन् । उनी साउदी जानुको अरु कुनै सपना छैन, मात्रै ठगिएको पैसाले लागेको ऋण तिर्ने बाहेक । महिनामै ३/४ लाख कमाइ हुने प्रलोभनमा उनले ३÷४ लाख रुपैयाँ नै डुबाए । रकम डुबेको थाहा पाएपछि उनी फसादमा परे । उनी भन्छन्, ‘ऋण लिएको व्यक्तिले पैसा फिर्ता माग्न थालेपछि अहिले साउदी आएको छु ।’

सीमावर्ती भारतीय क्षेत्रका सञ्चालित नेटवर्किङ धन्दामा पीडित भएका हुन् उनी । वि–विनर नामको कम्पनीको नामबाट सञ्चालित उक्त व्यवसाय नेपाली सीमाभन्दा १४ किलोमिटरको दूरीमा पर्ने विहारको पुन पुन भन्ने ठाउँमा सञ्चालित छ । यसको उद्देश्य भनेकै नेपालीलाई ल्याउनु र ठगी गर्नु हो । जसमा अधिकांश व्यक्ति नेपाली नै संलग्न छन् । 

कसरी हुन्छ ठगी ?  

नेपालमा बेरोजगार रहेका व्यक्तिलाई धेरै कमाइ हुने प्रलोभनमा त्यहाँ पुर्याइन्छ । सामाजिक सञ्जाल वा त्यहाँ पुगेका व्यक्तिको नेटवर्कमा भएका व्यक्तिलाई त्यहाँ लगिन्छ । सुरुमा ७ दिनको तालिमका लागि भन्दै शुल्क उठाइन्छ । तालिम सकिएपछि काम लगाउने प्रलोभनमा १०/१२ हजार रुपैयाँ शुल्क तिर्न तयार हुन्छन् ।  ...

Read More
  • MBL - below news