काठमाडौं/ एभरेष्ट बैंक लिमिटेडल भक्तपुरको थिमी र काठमाडांैको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु आज बुधबार उद्घाटन गरेको छ ।
थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबीन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।
त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक नबीन भक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् ।








