बढ्दै गएको ईन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई साइकल प्रयोगमा जोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बढ्दै गएको ईन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई साइकल प्रयोगमा जोड

विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्था, इन्धनमा भएको मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्न साइकल प्रयोगमा जोड दिएको छ ।

सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्पे्ररित गरेको र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गरी वा सार्वजनिक सवारी साधनको प्रयोग गरी बैंकले इन्धनको खपत घटाउन प्रयास गरेको छ ।

बैंकले विद्युतिय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवद्र्धन गर्न लागेको छ । देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “Save Fuel Chellange” भन्ने नाराका साथ बैंक अगाडि बढेको देखिन्छ ।

Read More
  • MBL - below news