नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने

क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एप नेपालमा नचल्ने भएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले फागुन ३० गते सोमबार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एपमाथि रोक लगाउन निर्देशन दिएको हो । 

अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १ गतेको पत्रमार्फत त्यस्ता साइट तथा एपलाई निषेध गर्न प्राधिकरणलाई अनुरोध गरेको थियो । 

Read More
  • MBL - below news