काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा हो । भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन ।
यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल चलिनै रहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजिवनको विशेषता भएको “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना बजारमा ल्याएको हो ।








