सहकारी क्षेत्रले प्रयोगमा ल्याउन थाले एटीएम प्रणाली


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहकारी क्षेत्रले प्रयोगमा ल्याउन थाले एटीएम प्रणाली

सहकारी संस्थाहरुले पनि एटीएम प्रणालीलाई प्रयोगमा ल्याउन थालेका छन् । पछिल्लो समय बैंकवित्तहरु डिजिटलतर्फ गइरहेको समयमा सहकारीले पनि आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन थालेको छ । हालै सहकारीले आफ्नो पहिचानसहितको एटीएम कार्ड प्रयोगमा ल्याउन सक्ने विषयमा समेत सहमति भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा सहकारी संस्थाहरुले पनि एटीएम जारी गर्न लागेका छन् । हालै स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको थियो । यो सम्झौतासँगै सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो ।

Read More
  • MBL - below news