फागुन ३०, काठमाडौं । पूर्ण अनलाईन प्रणालीमा जोडिएको नेपालको धितोपत्र दोस्रो बजार सोमवार प्राविधिक समस्याका कारण प्रभावित बनेको छ ।
ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आउँदा सोमवार बजार दुई घण्टापनि नवित्दै कारोबार स्थगित भएको हो । १२ बजेर ५३ मिनेट जाँदा डाटा सेन्टरमा समस्या आएको जानकारी ब्रोकरहरुले गराएपछि नेप्सेले कारोबार रोक्का गरेको जानकारी दिएको थियो ।
डाटा सेन्टरमा देखिएको समस्या समाधानपछि कारोबार अवधि थप गर्ने तयारी भएको भएपनि अपरान्ह ४ बजेसम्म पनि समस्या समाधान नभएपछि नेप्सेले अर्को सूचना जारी गरेर कारोबार अवधि थप नगर्ने बताएको छ ।








