महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कार्यक्रम रौतहट र दोलखा जिल्लामा सम्पन्न भएको हो ।
फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो । कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रिय प्रमुख दिगम्वर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए । कम्पनीको गौर कार्यालयका कर्मचारी राजेश कुमार साहले संचालन गरेको कार्यक्रममा प्रधानाध्पापक यादवले बीमा विषय आम जनताको लागि नयाँ भएकोले यस्ता सचेतना सम्वन्धी कार्यक्रम नियमित सम्पन्न गर्नु पर्ने सुझाव दिए ।






