काठमाडौँ — नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ती गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड छ । प्राप्ती पश्चात् सहमतिअनुसारको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्ब हुनेछ ।
पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एकीकृत हुँदा बैंकको प्राथमिक पुँजी ४४ अर्ब भन्दा बढी हुने छ । प्राप्तीपछि बंगलादेश बैंकको १ सय कित्ता बराबर सेयर हुनेले नबिलको ४३ कित्ता पाउने गरी स्वाप रेसियो निर्धारण भएको छ । प्राप्ती सम्बन्धी सम्झाैता भएपछि बंगलादेश बैंकको सेयर कारोबार राेकिएको छ ।



