नबिल बैंकको एकैपटक ४ नयाँ शाखा उद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकको एकैपटक ४ नयाँ शाखा उद्घाटन

काठमाडौँ / नबिल बैंकले आज (आइतवार) जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ । 

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गरे । 

उक्त उद्घाटन कार्यक्रम÷समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरेको हो । बैंकले चारै वटा नयाँ शाखाहरु एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो ।

Read More
  • MBL - below news