मिर्मिरे लघुवित्तले बुद्धज्योतीलाई प्राप्ती गर्ने, यस्तो हुनेछ बोर्ड र उच्च व्यवस्थापन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तले बुद्धज्योतीलाई प्राप्ती गर्ने, यस्तो हुनेछ बोर्ड र उच्च व्यवस्थापन

काभ्रेपलाञ्चोक बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुबित्त वित्तीय संस्थाले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ। यस सम्बन्धमा आज दुवै संस्थाका पदाधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार काठमाण्डौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाटअध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

 कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो।

Read More
  • MBL - below news